भट्टराइ सरकार १०० दिन पुग्यो, समिक्षार्थ मन्त्रिपरिषद् बैठक बस्दै
२० मंसिर, काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा सरकारको कामबारबाहीको समीक्षा गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
बैठक मध्याहृन १२ बजेपछि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकिएको छ । बैठकमा सरकारबाट अहिलेसम्म भए/गरेका कामको समीक्षा तथा भावी योजना र रणीतिका बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्ल्ाहकार रामवरण यादवले अनलाइनखबरलाई जानकारी दिनुभयो । अन्तरिम संविधान-२०६३ अनुसार व्यवस्थापिका संसदको बहुमतबाट भट्टराई गत ११ भदौमा प्रधानमन्त्रीमा नर्वाचित भएका थिए । भट्टराईलाई मधेसी मोर्चा आवद्धसहित व्यवस्थापिका संसदका २० दलको समर्थन छ ।
भट्टराई नेतृत्वको सरकारकै पालामा झण्डै पाँच वर्षदेखि अवरुद्ध रहँखदै आएको शान्ति र संविधान लेखनको काम अगाडि बढेको छ । भट्टराईकै अग्रसरतामा लडाकुका हतियार राखिएका कन्टेनरको साँचो हस्तान्तरणदेखि लडाकु वर्गीकरण तथा द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति फिर्ताको प्रक्रिया सुरु भएको छ । सुरुमा सुशासन र आर्थिक मितव्ययीताको नारा दिएका प्रधानमन्त्री भट्टराई आफ्नो पूर्वप्रतिबद्धतामा अडिन नसकेको भन्दै विपक्षी र उनकै स्वतस्फूर्त समर्थकहरुल्े समेत आलोचना गर्न थालेका छन् ।

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment