वातावरणमन्त्री हेमराज तातेड र वन तथा मूसंरक्षणमनत्री मोहम्म्द वकिल मुसलमान आफ्ना मन्त्रालय नै रित्ताएर विदेश सयरमा निस्केका छन् । दुवै मन्त्रीले सचिव तथा सहसचिव च्यापेर विदेश जाँदा मन्त्रालयको कामकारबाही ठपप भएको छ । जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघिय विश्व सम्मेलन कोप १७ मा भाग लिन दुवै मन्त्री जम्बो टोलीको नेतृत्व गर्दे दक्षिण अफि्काको डर्बान उडेका हुन् ।
वातावरणमन्त्री तातेड मन्त्रालयका सचिव तथा तीनै जना सहसचिव बोकेर तीन दिनअघि डार्बन गएका छन् । उनले सचिव कृष्ण ज्ञवाली, सहसचिव बटुकृष्ण उप्रेति, मीना खनाल तथा दुई जना निजी सहयोगी आफूसंग लगेका छन् । सम्मेलनमै भाग लिन मन्त्रालयका अधिकृतद्धय नरेश शर्मा र वेदप्रसाद ढकाल पनि संगै गएका छन् यो समाचारलायृ अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सचिव र सहसचिव नहुदा मन्त्रालयको थुप्रै काम कारवाही रोकिएको एक उपसचिवले वताए । वन तथा भूसंरक्षण मनत्री मुसलमान पनि मन्त्रालयका चार उच्च अधिकारी सहित डर्बान गएका छन् । सहसचिव रामप्रसाद लम्साल, हरिहर सिग्देल, वनको विनाश तथा क्षयीकरणवाट हुने कार्बन उत्सर्जनको कटौती सेलका प्रमुख तथा सहसचिव रशम डाँगी यसअघि नै त्यहाँ पुगेका थिए । मन्त्री मुसलमान भने आइतवार साझ आफ्ना दुई सहयोगी तथा सचिवसहित डर्बान गएका हुन् । डर्बान गएका वन तथा भूसंरक्षण मन्त्रीको त्यहाँ कुनै भूमिका नभएको स्रोतले वतायो ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment