Responsive Ad Slot

Latest

latest

स्कुल बसमा तेब्बर विद्यार्थी

Thursday, 8 December 2011

/ by Bikash Shah (Ghayal)

विराटनगर, मङ्सिर २२- विराटनगरको एक निजी उच्च माध्यमिक विद्यालयले विद्यार्थी ओसार्न प्रयोग गरिरहेको बसमा मोटरसाइकलको नम्बरप्लेट फेला परेको छ। दुई वर्षदेखि मोटरसाइकलकै नम्बर प्रयोग गर्दै आएको अरनिको उच्च माविको को१प ११२३ रातो नम्बर प्लेटको स्कुल बस ट्राफिक प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

निजी तथा संस्थागत विद्यालयले प्रयोग गर्ने स्कुल बस तथा भ्यानमा क्षमताभन्दा बढी विद्यार्थी कोचिएको गुनासो आएपछि ट्राफिक प्रहरी मोरङले बुधबार गरेको छड्के जाँचका क्रममा अरनिको माविको बसमा लापरबाही देखिएको हो।
ट्राफिक प्रहरीका सई रञ्जन बरालका अनुसार बुधबार कारबाहीमा परेका ३५ वटा स्कुल बसमा क्षमताभन्दा बढी विद्यार्थी कोचिएको थियो। ‘मोटरसाइकलकै नम्बर भए पनि दुई वर्षदेखि यातायात कार्यालय र प्रहरीले केही गरेनन्,' अरनिको उच्च माविका बस चालकले भने, ‘ट्राफिक प्रहरीले भनेपछि बल्ल नम्बर त मोटरसाइकलको रहेछ भन्ने थाहा पाएँ।' ट्राफिक प्रहरीले मोटरसाइकल नम्बर प्रयोग गरी स्कुल बस चलाउने अरनिको उच्च माविलाई कारबाही गर्ने जनाएको छ।

ट्राफिक प्रहरीले छड्के जाँच गर्दा विराटनगरका अधिकांश स्कुल बसमा क्षमताभन्दा तेब्बर विद्यार्थी कोचिएको भेटेको थियो। मुस्किलले चारजना बस्न मिल्ने क्याबिनमै २० जनाभन्दा बढी विद्यार्थी कोचिएको थियो।

ट्राफिक प्रहरीका अनुसार चालक बस्ने क्याबिन अशान्त र भिडभाड भए दुर्घटना बढी हुन्छ। ‘गाडीको इन्जिन छोप्ने तातो बक्समा समेत विद्यार्थी थिए,' जाँचमा संलग्न ट्राफिक प्रहरीका सई बरालले भने, ‘दुईजना बस्न मिल्ने सिटमा चार विद्यार्थी भेटिए।'

औजार राख्ने टुलबक्समा समेत विद्यार्थी थिए। क्षमताभन्दा बढी विद्यार्थी कोचिएको स्कुल बसबाट ट्राफिक प्रहरीले विद्यार्थीलाई उतारेको थियो।

विराटनगरको सगरमाथा बोर्डिङ स्कुलको बसमा को१ख ३३५८ नम्बर लेखिए पनि डेढ महिनादेखि अस्थायी नम्बर प्लेटकै भरमा गाडी चलाइरहेका छन्। मालबिका स्कुलले विराटनगर-काँकडभिट्टा रुटको को१ख १७६९ नम्बरको गाडी भाडामा लिई विद्यार्थी ओसार्ने गरेको छ। कारबाहीमा परेका स्कुल बसमा विद्यार्थी बढी कोच्नेबाहेक कागजपत्र दुरुस्त नभएको, नवीकरण नगरिएको, अस्थायी नम्बर प्लेट राखेर गाडी चलाइएको पाइएको छ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI