Responsive Ad Slot

Latest

latest

छानबिन टोली भरतपुर कारागारमा

Thursday, 8 December 2011

/ by Bikash Shah (Ghayal)
घाइतेको अवस्थाबारे दिउँसो अस्पतालले बताउने-
चाँदनी हमाल, चितवन,मङ्सिर २२- भरतपुर कारागारमा मंगलबार तरुण दल अध्यक्ष शिव पौडेल सहित पाँचजनामाथी भएको आक्रमणको बारेमा बुझ्न सरकारको छानबिन टोलीले अहिले कारागारभित्र छलफल गरिरहेको छ।केन्द्रीय छानबिन समितिसँगै स्थानीय छानबिन समिति पनि सामेल छ।

गृहमन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा आएको चार सदस्यीय टोलीले कारागारमा आक्रमणको घटना कसरी भयो भन्ने विषयमा कैदी बन्दीसँग बुझिरहेको प्रहरी प्रमुख भुपाल भण्डारीले बताए। संचारकर्मीलाई भने छानबिन टोलीसँग भित्र जान दिइएको छैन।
कोइरालाले छानबिनपछि यथार्थ जानकारी गृहमन्त्रालयलाई दिने बताए। चितवनको छानविन समितिका संयोजक रामराज सुवेदीले आवश्यक व्यक्तिहरुसँग जानकारी लिने र छलफल गर्ने कार्य भैरहेको जानकारी दिए।

बुधबार चितवन आएको छानबिन टोलीले अस्पतालका चिकित्सकसँग छलफल तथा घाइतेको अवस्थाको जानकारी लिएका थिए।

टोलीले आज नै घाइतेका आफन्त र प्रहरी प्रशासन सम्बद्ध व्यक्तिहरुसँग छलफल गर्ने जनाएको छ। घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार जारी छ। उनीहरुको स्वास्थ्यका बारेमा दिउँसो विस्तृत जानकारी अस्पतालबाट दिइने बताइएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI