Responsive Ad Slot

Latest

latest

दुई बालिकाको रहस्यमय मृत्यु, आमा बेहोस

Thursday, 8 December 2011

/ by Bikash Shah (Ghayal)
बनेपा, मङ्सिर २२- काभ्रेको जनागाल गाविस वडा नं १ मा एकै परिवारका दुई बालिकाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा फेला परेका आमाछोरीसहित तीनजनामध्ये दुई छोरीको उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार ११ वर्षीया प्रियङ्का र आठ वर्षीया अस्मिता यादवको स्थानीय सिर मेमोरियल अस्पतालम उपचारका क्रममा मृत्यु भएको हो।
बेहोस अवस्थामा फेला परेकी आमा ३५ वर्षीया शान्तिदेवीको सो अस्पतालमा उपचार भइरहेको छ।

स्थायी घर सिरहा भएको यादवको परिवार एक स्थानीय नुडल्स फ्याक्ट्रीमा काम गर्दै आएको छ।

प्रहरीले सो घटनामा आमाले नै विष खुवाएको हो वा अन्य कसैले खुवाएको हो भन्ने विषय खुल्न नसकेको जनाएको छ। आफ्ना श्रीमान् घरमा नभएको अवस्थामा भएको सो घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ। रासस

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI