काभ्रे, मंसिर १६ - एमाले पोलिटव्यूरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको वर्तमान सरकारको औचित्य सकिसकेको भन्दै राजीनामा दिन आग्रह गरेका छन् ।
सात बुँदे सहमतिमा पनि राष्ट्रिय सहमतीको लागि प्रधानमन्त्रीले राजीनामा दिने कुरा उल्लेख भएको बताउँदै ज्ञवालीले भट्टराईले सहज रुपमा राजीनामा नदिए सडक आन्दोलनबाट हटाउन बाध्य हुने चेतावनी समेत दिए ।
काभ्रेको कुशादेविमा अनेरास्ववियूको २६ औं जिल्ला सम्मेलन शुक्रबार उद्घाटन गर्दै ज्ञवालीले ठुला दलहरुबीच शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई संविधान जारी गर्नको लागि भएको सात बुँदे अनुरुप प्रधानमन्त्री भट्टराईले राजीनामा नदिएर सहमतिको खिल्ली उडाएको उनले बताए ।
'सहमति विपरीत सरकारले दीर्घकालीन रुपमा असर पार्ने कामहरु गरिरहेकाले भट्टराईको सरकारको औचित्य सकिसकेको छ,' उनले भने 'त्यसकारण राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने काम सहयोग गर्नु पर्नेबेला सत्ता लम्ब्याउने काममा मात्र प्रधानमन्त्री लाग्नुभयो ।'
वर्तमान सरकारका मन्त्रीलाई भ्रष्टाचार गर्न छुट दिने, माओवादी कार्यकर्तालाई कानुन हातमा लिन छुट दिने र जम्बो मन्त्रिमण्डल बनाउने जस्ता काम गरेर भट्टराईको छविमा दाग लागिसकेको उनको विश्लेषण थियो ।
'सात बुँदे सहमति कार्यान्वयनको लागि प्रधानमन्त्री पदबाट राजीनामा दिनुहोस्,' भट्टराईलाई आग्रह गर्दै उनले भने 'अन्थया तपाईलाई सडकबाट हटाउनु नपरोस् ।'
अवसरवादीहरुको गठबन्धनले सात बुँदे सहमतिलाई सरकारको 'सत्ता लम्बाउने लाइसेन्स'को रुपमा प्रयोग गर्न थालेको उनले आरोप लगाए । 'प्रधानमन्त्रीले राजीनामा नदिए सहमतिको बाटो भत्किन्छ,' उनले भने 'तसर्थ राजीनामा नदिएर सहमतिको भँडुवा प्रधानमन्त्री नबन्नुहोस् ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment