Responsive Ad Slot

Latest

latest

सुन पसलका कामदारको हत्या

Friday, 2 December 2011

/ by Bikash Shah (Ghayal)
ललितपुर, मंसिर १७ - ललितपुरको पुल्चोककस्थित एक सुन पसलमा कार्यरत कर्मचारीको हत्या गरिएको छ । पुल्चोक प्रहरी प्रभाग अगाडि रहेको गुण ज्यासः पसः नामको सुन पसलमा कार्यरत जुजु शाक्यको शव पसल भित्रै शनिबार बिहान भेटिएको छ । २४ वर्षीय शाक्यको हात खुट्टा बाँधिएको अवस्थामा पसल भित्रै शव भेटिएको छ । पसलमा लुटपाटका लागि आएको समूहले हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । पसलमा लुटपाट भएको नभएको बारे अहिलेसम्म यकिन हुन सकेको छैन । घट्नास्थलबाट वायर कट्टर,वेल्डिङ मेशिन र ग्यास सिलिण्डर भेटिएको छ ।

थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाले पनि घट्नाको छानविन सुरु गरेको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । मुख्य सडक छेउकै पसलमा भएको उक्त घट्ना बुझ्न लागेको भीडका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई भएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI