Responsive Ad Slot

Latest

latest

समायोजन संख्या बढ्दैनः कांग्रेस

Thursday, 1 December 2011

/ by Bikash Shah (Ghayal)


Congress


काठमाडौ, मंसिर १५ - नेपाली कांग्रेसले पूर्व सहमति अनुसार ६ हजार ५ सय भन्दा बढी लडाकुको समयोजन गर्न नसकिने स्पष्ट पारेको छ । कांग्रेस पदधिकारीहरुको बिहीबार बसेको बैठकले लडाकु समायोजन संख्या बढाउन नसकिने निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार शिविर भ्रमणका क्रममा समायोजन संख्या ९ हजार पुर्याउन सकिने अभिव्यक्ति दिएको प्रति कांग्रेसले आपत्ति जनाएको छ । दाहालको उक्त अभिव्यक्तिले शंका जन्माएको बैठककको निष्कर्ष छ । बैठकपछि नेता अर्जुन नरसिंह केसीले भने–‘कात्तिक १५ गतेको सहमति अनुसार सुरक्षा निकायको मापदण्ड अनुसार लडाकुको समायोजन हुनुपर्छ भन्ने विषयमा कांग्रेस दृढ छ ।’

त्यस्तै, कांग्रेसले संविधानसभाको म्यादका विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई सकारात्मक भनेको छ । सर्वोच्चको फैसलको बिरोध गर्नुको औचित्य नरहेको भन्दै थपिएको ६ महिना भित्र संविधान निर्माणमा अग्रसर हुन दलहरुलाई कांग्रेसले आग्रह गरेको छ ।

राज्यपुनर्संरचना आयोग संग समन्वय गरेर काम गर्न नरहरि आचार्यको नेतत्वमा समिति समेत गठन गरिएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईसंग बिहीबार बिहान भएको भेटमा पनि कांग्रेस सभपति सुशील कोइरालाले समायोजनको संख्या बढाउन नसकिने बताएका थिए

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI