
‘दुखद् खबर आएको छ, अब नेपालमै रहेका परिवारसँग समन्वय गरेर के गर्ने भनेर स्थानीय नेपाली समुदायसँग पनि छलफल गर्दैछौ’ दुतावासका प्रथम सचिव आनन्द शर्माले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ, तर कारण थाहा हुन सकेको छैन ।’ प्रहरी अनुसन्धान अधिकृत रोवर्ट वर्नससँग कुरा गरेका शर्माले अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको समेत बताए । फोहोर फाल्न हिडेको ८ दिनपछि गत नोभेम्बर १८ का दिन उनको सव फेला परेको हो ।
दुतावास र बाल्टिमरमा बस्दै आएका नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) ले नेपालमा नारायणका बुवा तथा लण्डनमा रहेका भाइसँग सम्पर्क गरिरहेको पनि उनले बताए । बानाको अगुवाईमा सहयोग जुटाउने र समन्वयको काम भइरहेको संस्थाका महासचिव प्रभु थापाले जानकारी दिए । ‘लन्डलबाट स्वर्गीय नारायणको भाई र नेपालबाट उनका आफन्त आउने कुरा भइरहेको छ’ थापाले भने ।
भण्डारी युनिभर्सिटी अफ मेरील्याण्डबाट कम्प्युटर इन्जिनियरिङमा अन्डर ग्रयाजुएट सकेर ग्रयाजुएट पढ्ने तयारी गरिरहेका थिए । लमजुङ घरभई हाल बाल्टिमोरमै बस्दै आएका महासचिव थापाकाअनुसार भुपु सैनिक आवासीय विद्यायलबाट एसएलसीमा लमजुङकै उत्कृष्ट र आइएस्सीमा अमृत साइन्स कलेजमा उत्कृष्ट भएका भण्डारी २००३ मा अमेरिका आएका हुन् । उनी २००६ मा अमेरिकी महिला श्रेटिनी ह्यारिससँग विहे गरेर सँगै बस्दै आएका थिए । ‘विहेपछि नेपालीसँग सम्पर्कमा खासै रहेको देखिएन’ थापाले भने । बानाकै अनुरोधमा नारायणको शबलाई डिसेम्बर ५ सम्म बाल्टिमोर मेडिकल एक्जामिनर कार्यालयमा राखिएको छ ।
यसैवीच बानाका अध्यक्ष विजय श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै भण्डारी परिवारमा परेका वियोगले सबैलाई दुःखी बनाएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरेका छन् । ‘आफूले सके जती सहयोग गर्न सबैलाई आग्रह गर्दछौ’ उनले भनेका छन् ।
No comments
Post a Comment