Responsive Ad Slot

Latest

latest

डाइनेष्टी एयरको हेलिकप्टर दोलखामा आकस्मिक अवतरण

Thursday, 1 December 2011

/ by Bikash Shah (Ghayal)

दोलखा, मंसिर १६ - लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा प्राविधिक गडबडी आएपछि दोलखाको चरिकोटमा आकस्मिक अवतरण गरेको छ । एयर डाइनेष्टीको ९ ए ए जेट डी नम्बरको रातो रंगको हेलिकप्टरमा समस्या आएपछि अवतरण गरेको हो ।

शुक्रबार विहान १०:५० मा अवतरण गरिएको पाइलट पूर्व सेनानी प्रमुख प्रमोदकुमार राणाले बताए । हेलिकप्टरको इन्जिनमा समस्या देखिएको उनले बताए । हेलिकप्टरमा चार नेपाली यात्रु र दुई जना चालक थिए । यसअघि गत काक्तिक २१ गते फिस्टेल एयरको हेलिकप्टर चरिकोटमै आकस्मिक अवतरण गरिएको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI