Responsive Ad Slot

Latest

latest

गाउँलेले प्रहरीलाई घेरे

Thursday, 1 December 2011

/ by Bikash Shah (Ghayal)

टीकापुर, मंसिर १६ - प्रतापपुर गाविसका स्थानीयले विहिबार सशस्त्र प्रहरीको टोलीलाई घेराउ गरेका छन् ।

लुटेराको समुहबाट श्रृङखलाबद्ध लुटपाट हुन थालेपछि सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोली गाउबाट फर्किन थालेपछि गाउमै बस्नुपर्ने माग राख्दै घेराउ गरेका हुन् ।

गाउलेको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाका लागि प्रतापपुरमा ३ दिनका लागि सशस्त्र प्रहरीको क्याम्प राखेको थियो ।

प्रतापपुर गाविसका सम्पुर्ण शैक्षिक संस्था, बजार, सरकारी कार्यालयहरु बन्द गरी स्थानीय व्यापारी, बुद्धिजीवी, गाउले, विद्यार्थी लगायतले शसस्त्र प्रहरीको क्याम्प घेराउ गरे । स्थानीयको दवाबपछि सशस्त्र प्रहरी वेस क्याम्प फेरी ४ दिनका लागि थपिएको छ ।

सुरक्षाको दृष्टिकोणले ईलाका प्रहरी कार्यालय लम्की र टीकापुरबाट ९ किलोमिटर टाढा भएकोले शान्ति सुरक्षाको स्थिति फितलो भएको स्थानीय डम्बर बलले बताए ।

कैलालीको प्रतापपुर, जानकीनगर, दोदोधरा, बौनीय, मुनुवा लगायतका गाविसमा हतियारधारी समुहले श्रृङ्कखलाबद्ध रुपमा लुटपाटको आतंक मच्चाएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI