Responsive Ad Slot

Latest

latest

क्षतिपूर्ति माग्दै अरनिको राजमार्ग बन्द

Thursday, 1 December 2011

/ by Bikash Shah (Ghayal)
ध्रुव दंगाल, सिन्धुपाल्चोक, मङ्सिर १६- भ्यानको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानैदेखि अरनिको राजमार्ग ठप्प पारेका छन्। राजमार्गको खाडीचौर र बलेफी बजारमा अवरोध खडा गरेर सवारी आवागमन ठप्प पारिएको छ।

अवरोधले गन्तव्यमा हिंडेका दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् भने सयौं यात्री अलपत्र परेका छन्। उचित क्षतिपूर्तिमा माग गर्दै राजमार्ग बन्द गरिएको हो। पीडित परिवार र आफन्तले प्रदर्शन समेत गरिरहेका छन्। राजधानीबाट तातोपानी, बाह्रविसे, दोलखा र रामेछाप हिंडेका र त्यताबाट काठमाडौं आउँदै गरेका सवारी साधन रोकिएका छन्।

बुधबार भक्तपुरको जगातीमा ना २ ख ६०५० नम्बरको आइचर भ्यानको ठक्करबाट बा २४ प ४४२६ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक मांखा-३ का बलाराम तामाङ र हगाम-७ का १७ वर्षीय उद्धव श्रेष्ठ गम्भिर घाइते भएका थिए। उपचारको क्रममा घाइते दुबैको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युको खवरपछि राजमार्ग झरेका आफन्तले बिहीबार राति १० वजेपनि सवारी आवागमन अवरुद्ध पारेका थिए।

पीडितसँग वार्ता गरेर बन्द राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर वेणी सिलवालको नेतृत्वको टोली त्यसतर्फ गएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI