भरतपुर, मंसिर २१ - पदीय दायित्व निर्वाह नगरेको र सुरक्षामा लापरबाही गरेको जनाउंदै जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर कारागार सुरक्षार्थ खटिएका सइ शिव राज क्षेत्री समेत पाँच जनालाई निलम्बन गरेको जनाएको छ ।
मंगलबार देखि लागू हुने गरी निलम्बन गरिएको जिल्ला प्रहरीले जनाएको छ । निलम्बनमा पर्नेमा भण्डारा दरबन्दी रहेका क्षेत्री, इप्रका गीतानगर दरबन्दीका हवल्दार राम वालक प्रसाद यादव, कारागार सुरक्षा गार्ड बिष्णुराम सार्की, पशुपति खतिवडा र फेलामा तामाङ रहेका छन ।
भरतपुर कारागारमा हिजो बिहान कैदीको समुहले थुनुवा माथि सांघातिक आक्रमण गर्दा प्रहरी मुक दर्शक बनेको थियो । घटनामा तरुण दल चितवनका अध्यक्ष शिव प्रसाद पौडेल लगायत ४ जना गंभीर घाइते भएका थिए । पौडेलको अवस्था गंभीर छ । अक्षमताको आरोपमा गृह मन्त्रालयले हिजै चितवनका प्रहरी उपरिक्षक खिनु प्रसाद आचार्य र जेलेर चुडामणी पौडेललाई निलम्बन गरि सकेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment