Responsive Ad Slot

Latest

latest

बाइकसहित प्रहरी सुरक्षा दस्ता

Tuesday, 6 December 2011

/ by Bikash Shah (Ghayal)
नेपालगन्ज, मङ्सिर २१ नगर क्षेत्रको सुरक्षाका लागि मंगलबारबाट प्रहरीले मोटरसाइकलसहितको सुरक्षा दस्ता परिचालन गरेको छ। यहाँका बैंक तथा वित्तिय संस्थासँग लाखौं चन्दा माग्ने, नदिए बम राखिदिने र कर्मचारीलाई धम्की दिने कार्य बढ्दै गएपछि कन्ट्रोल रुम मोटरसाइकल (सिआरएम) टोली परिचालन गरिएको बाँके प्रहरी प्रमुख दिनेश अमात्यले बताए।

उनका अनुसार पाँच मोटरसाइकलमा हतियारसहित घुम्ने यो दस्ताले चौबीसै घन्टा नगरक्षेत्रको निगरानी गर्ने छ।

दस्ताका लागि बैंक तथा वित्तीय संस्थाले दुई, जिविसले दुई र नगरपालिकाले एउटा मोटरसाइकल दिएका हुन्। नगरका पुष्पलाल चोक, धम्बोजी चोक, कारकाँदो चोक, बाँकेगाउँ र भेरी अस्पतालअगाडि सुरक्षा दस्ता खडा रहने प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट निर्देशित हुने यो दस्तालाई अनुशिक्षण पनि दिइएको प्रहरी उपरीक्षक अमात्यले बताए।

सुरक्षा दस्तामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १८ सुरक्षाकर्मी छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले मोटरसाइकलको चाबी हस्तान्तरण गरेर सुरक्षा दस्ता परिचालन गरेका थिए। नगरमा जुनसुकै अपराधिक घटना भएको सूचना पाउनेबित्तिकै दस्ता परिचालित हुने घिमिरेले बताए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI