विराटनगर, मङ्सिर २१ - क्षमता भन्दा बढी विद्यार्थी कोचेको विराटनगरका ३५ वटा निजी विद्यालय र प्लस-टु का सवारी साधनलाई ट्राफिक प्रहरी मोरङले कार्वाही गरेको छ। विद्यार्थी ओसार्न प्रयोग गर्ने बसमा क्षमता भन्दा बढी बिद्यार्थी कोच्ने गरेका छन्।
बुधबार ट्राफिक प्रहरीले विराटनगर शहर क्षेत्रमा गरेको छड्के जाँचमा ३५ वटा स्कूल बसहरुले नियम मिचेको पाइएको ट्राफिक प्रहरी मोरङका सई रञ्जन बरालले बताए। कार्वाहीमा परेका स्कूल बसहरुमा विद्यार्थी बढी कोच्नुका साथै कागजपत्र दुरुस्त नभएको, नविकरण नगरिएको, अस्थायी नम्बर प्लेट राखेर गाडी चलाइरहेको पाइएको बरालले जानकारी दिए।
कार्वाहीमा परेका ३५ वटै स्कूल बसलाई ट्राफिक प्रहरीले पूर्जी काटेको छ। यता, स्कूल भ्यान हटाउन उप-महानगरपालिकाले गठन गरेको कार्यदलले समेत विराटनगरका निजी विद्यालयहरुको अनुगमन सुरु गरेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment