Responsive Ad Slot

Latest

latest

यौन दुर्व्यवहार गर्ने शिक्षक थुनामा

Tuesday, 13 December 2011

/ by Bikash Shah (Ghayal)
चौतारा, मंसिर २७ - आफ्नै विद्यार्थीर्लाइ अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोगमा सिन्धुपाल्चोकको साँगाचोक गाविसस्थित जनजागृति उच्च माविका शिक्षक नारायण श्रेष्ठलाई जिल्ला अदालत सिन्धुपाल्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

ट्युसन पढाउने बहानामा उत्तेजित कहानी सुनाउँदै कक्षा ४, ५ र ७ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेर समूहका छ छात्रालाई लामो समयदेखि अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला न्यायाधीश अनन्त डुम्रेको इजलासले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

शिक्षक श्रेष्ठले ती विद्यार्थीलाई आठ महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको र पीडितले गत कात्तिक २२ गते प्रधानाध्यापक समक्ष सो विषयमा उजुरी गरेका थिए ।

निजको कर्तुत सार्वजनिक भएपछि कात्तिक २४ गते विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले अभियुक्त श्रेष्ठलाई जुत्ताको माला लगाई कालोमोसो दलेर बजार घुमाउँदै प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका उनीविरुद्ध पीडित छात्राले कात्तिक २७ गते किटानी उजुरी दिएपछि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI