Responsive Ad Slot

Latest

latest

पदका लागि हिरिक्कै गर्ने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा जाग्यो : वैद्य I

Tuesday, 13 December 2011

/ by कृष्णपक्ष थापा
एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले नेपालका नेताहरूले मन्त्री/प्रधानमन्त्री पद खान हिरिक्कै गर्ने गरेकाले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको बताएका छन्। उनले नेपालका नेताहरूलाई विश्‍व चर्चित नेता चे-ग्वेभारा र महात्मा गान्धीको जीवनबाट पाठ सिक्नसमेत आग्रह गरे।



'मिडिया इन्टरनेशनल'नामक संस्थाको मंगलबार उद्‍घाटन गर्दै उनले राजनीति गर्नु त्याग भए पनि नेताहरूले पदका लागि मरिहत्ते गर्दा जनतामा नेताहरूप्रति नै घृणा आउन थालेको बताए।

आफूहरू शान्ति र संविधानको कहिल्यै विरोधी नभएको प्रष्ट पार्दै उनले हरुवा-चरुवा, हलिया, कमैया, सुकुम्बासी, पिछडा वर्गको अधिकारका पक्षमा आवाज उठाउँदा जबरजस्ती शान्ति र संविधानविरोधी भनेर प्रचार गरिएकामा असन्तुष्टि जनाए।

नेपाली कांग्रेसदेखि माओवादीसम्मले २००७ सालदेखि २०५२ सम्म पटक-पटक बन्दुक उठाउँदा पनि जनताका हक/अधिकारहरू संस्थागत हुन नसकेकाले ती हक/अधिकारलाई नयाँ संविधानमा संस्थागत गरी दीगो शान्ति स्थापना नगरेसम्म पुनः बन्दुक उठाउनुपर्ने अवस्था आउँछ भनेर आफ्नो विचार समूहले आवाज उठाएको उपाध्यक्ष वैद्यको भनाइ थियो।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI