Responsive Ad Slot

Latest

latest

गाई काटेको अभियोगमा दुई पक्राउ

Tuesday, 13 December 2011

/ by Bikash Shah (Ghayal)
मन्थली, मंसिर २७ - गाई मारेर खाएको अभियोगमा प्रहरीले रामेछापको पुरानागाउँबाट दुई जनालाई पक्राउ गरी कार्वाही थालेको छ । गाई मारेको प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक संजिव शर्माका अनुसार पक्राउ पर्नेमा पुरानागाउँ – ३ का हेमलाल घिसिङ र रामवहादुर तामाङ रहेका छन् । ति दुवैले शनिबार गाई काटेर खानुको साथै केही विक्री समेत गरेका थिए । प्रहरीले गाईको मासु समेत उनीहरु विरुद्ध उजुरी दर्ता गरेको छ । शर्माका अनुसार मुलुकी ऐनको परिधि भित्र उनीहरुमाथि कार्वाही चलाईने तयारी भईरहको र दुवैलाई म्याद थप गरी हिसासतमा राखिएको छ ।

गाई काटेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउनका लागि राजनीतिक दवाव आएको तर अभियुक्तलाई कानुन वमोजिम कार्वाहीका लागि प्रतिवद्ध भएको शर्माले वताए । ‘मुलुकी ऐन नफेरेसम्म गाई काटेको अभियोग लाग्छ’ उनले भने 'कानुन संशोधन भए अर्कै पाटो हो ।'

प्रहरीलाई नेपाल धर्मनिरपेक्ष भईसकेकोले गाई काटेर खाएमा कुनै कानुन नलाग्ने भन्दै दवाव आईरहेको उनले वताए । ‘संविधानको कुरा होला तर मुलुकी ऐन हुञ्जेल हामीले त्यसै छोड्न मिल्दैन’ शर्माले भने ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI