काठमाडौ, मंसिर २७ - राज्य पुनर्संरचना आयोगमा प्रतिनिधित्वको माग गर्दै तीन दिनदेखि पूर्वका नौ जिल्ला बन्द गरिरहेको संघीय लिम्बुवान राज्य परिषद्को आन्दोलनमा अन्य जातीय संगठनले पनि एक्यबद्धता जनाएका छन् ।
मंगलबार पत्रकार सम्मेलनको गरी एक्यबद्धता जनाउनेमा ईन्द्रहाङ खम्बु नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, डिके बुद्धिष्ट तामाङ नेतृत्वको तामाङसालिङ स्वायत्त राज्य परिषद, विष्णु तुम्बाहाम्फे राई नेतृत्वको संघीय महिला मन्च, बुद्धछिरिङ नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, मणी लामा नेतृत्वको आदीबासी जनजाती अधिकार मन्च, सूर्य माखिम महासचिव रहेको मन्चसंबद्ध संघीय लिम्बुवान राज्य परिषद् र किरण खुम्बु राई महासचिव रहेको खम्बुवान स्वायत्त राज्य परिषद रहेको छ ।
उनीहरुले सरकारले आफूहरुको माग तत्काल संबोधन नगरे देशब्यापी रुपमा आन्दोलनको कार्यक्रम ल्याउने बताएको छ ।
सरकारले आफूहरुलाई मन्चलाई बार्तामा बोलाएको कुरा झुठो प्रचारबाजी भएको बताउँदै बार्तामा बोलाए आफूहरु छलफल गरेर बार्ताको टेबुलबाटै समस्याको समाधान खोज्न तयार रहेको समेत बताए ।
पत्रकार सम्मेलनमा मन्चका अध्यक्ष सन्जुहाङ पालुङवाले सरकारले नै सहमति गरेर कार्यान्वयन नगरेर सहमति तोडेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको दावी गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment