Responsive Ad Slot

Latest

latest

सर्वोच्च अदालतको आदेशपछि सुविधाका गाडी फिर्ता गर्ने क्रम जारी

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, मङ्सिर २५ सर्वोच्च अदालतले पूर्व प्रधान मन्त्री तथा गृह मन्त्रीलगायतलाई दिइएको सुविधा खोस्ने आदेश दिएपछि स्वस्फूर्तरुपमा सुविधा फिर्ता गर्ने क्रम जारी छ। पछिल्लो पटक आइतबार मध्याह्न पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीले यस्तो सुविधा फिर्ता गरेका छन्।

यसअघि आइतबार नै एमाले नेता तथा पूर्व गृह मन्त्री केपी ओलीले पनि सुविधा फिर्ता गरेका थिए। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल, भीम रावल, सूर्यबहादुर थापालगायतले यस्तो सुविधा फिर्ता गरिसकेका छन्।

सर्वोच्चको आदेशकै भोलिपल्ट एमाले नेता तथा पूर्व प्रधान मन्त्री माधव नेपालबाट सुरु भएको सुविधा फिर्ताको क्रम त्यसपछिका प्रत्येक दिन जारी छ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI