Responsive Ad Slot

Latest

latest

सुन व्यापारीको हत्याका आरोपी चितवनमा समातिए

Saturday, 24 December 2011

/ by Bikash Shah (Ghayal)
चितवन पुस १०- राजधानीको कपनका सुनचाँदी व्यवसायीको हत्याका मुख्य अभियुक्त चितवनमा पक्राउ परेका छन्। हर्कबहादुर दियालेको हत्यामा संलग्न रहेको भनिएका मुख्य अभियुक्त मध्ये एक जना चितवनको गोन्द्राङवाट पक्राउ परेका हुन्। उनी काठमाडौंबाट भागेर अन्यत्र जान लागेको अवस्थामा पक्राउ परेको चितवन प्रहरीले जनाएको छ।

गए मध्य रातको समयमा विशेष सुराकीको आधारमा शम्भु चौधरीलाई पक्राउ गरिएको प्रमुख भुपालबहादुर भण्डारीले जानकारी दिए।

यसअघि प्रहरीले दुई जना अभियुक्तलाई काठमाडौबाट पक्राउ गरिसकेको छ। उनको हत्यामा पक्राउ परेका प्रेम सुनार र शंकर घिसिङपछि थप आज चितवमा पक्राउ परेका हुन्। अन्य तीन जना अझै फरार छन्। पक्राउ परेकाको बयानका आधारमा चौधरी चितवनमा फेला परेको वताइएको छ। उनलाई पक्राउ पछि काठमाडौ पठाइएको भण्डारीले जानकारी दिए।

शुक्रवार साँझ पसल बन्द गर्न लाग्दा काठमाडौमा उनको हत्या भएको थियो। छन्। घटना पछि चितवनमा सुन व्यवसायी पनि आन्दोलीत छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI