Responsive Ad Slot

Latest

latest

धादिङको खाल्टेमा पर्यटन महोत्सव आयोजना हुने I

Thursday, 15 December 2011

/ by कृष्णपक्ष थापा
धादिङको खाल्टे गाविसमा आगामी पुस १० गते पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको पहिचान र प्रचार-प्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाविस सचिव वीरबहादुर दुवाडीले जानकारी दिनुभयो ।महोत्सव तयारीका लागि बुधबार सम्पन्न सर्वपक्षीय भेलाले सचिव दुवाडीको संयोजकत्वमा एक समिति गठन गरेको छ । विभिन्न जातजातीको भेषभुषासहितको झााकी, बाहुन बाजा, सोरठी, भजन र चुट्कालगायत स्थानीय संस्कृति झल्कने प्रस्तुती महोत्सवको मुख्य आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि आउनेलाई गाविसमा रहेको चमेरे गुफा, बेतनी छाागो र प्राङद्यछु चुली अवलोकन गराइने बताइएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI