माओवादी संस्थापन पक्षको मात्रै अलग्गै बैठक, पार्टी विवादबारे छलफल I
एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको अलग्गै बैठक आज साँझ बसेको छ । आजको बैठकमा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षको समेत संलग्नता थिएन ।
उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पुल्चोकस्थित निवासमा भएको छलफलमा पार्टीलाई कसरी एकतावद्ध गरेर लान सकिन्छ भन्ने बारे छलफल भएको जनाइएको छ ।
आजको बैठकमा आन्तरिक विवाद मत्थर पार्ने विषयमा कुरा भएको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा पुष ८ गते बस्ने केन्द्रिय समिति बैठकका एजेन्डाबारे छलफल भएको पनि जनाइएको छ ।
त्यस्तै बैठकमा उपाध्यक्ष मोहन वैद्यलाई कार्यवाहक अध्यक्ष बनाउने र राष्ट्रिय सहमतिको सरकारको नेतृत्व महासचिव रामबहादुर थापालाई बनाउनुपर्ने वैद्य पक्षको प्रस्तावबारे पनि छलफल भएको स्रोतको दाबी छ ।

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment