नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति संगीतकार अम्बर गुरुङलाई नारायण गोपाल संगीतकोषले सम्मान गरेको छ।
नारायणगोपालको २१ औं स्मृती दिवसको उपलक्ष्यमा उनलाई सम्मान गरिएको हो । राजधानीमा सोमबार आयोजित कार्यक्रममा कोषका अध्यक्ष फत्तेमान राजभण्डारीले अम्बरलाई २५ हजार नगद र ताम्रपत्र सहितको स्वरसम्राट स्मृती सम्मान प्रदान गरे ।
आफ्नै समकालिन साथीको स्मृतीमा सम्मानित हुन पाउँदा आफु भाव विह्ववल भएको अम्बरले बताए । म स्वर सम्राटलाई मिस गरिरहेको छु ', उनले भने । हामी नजिकका साथी थियौं । उच्च विचार भएको व्याक्ति भएपनि उनलाई त्यसै चिन्न सकिदैन थियो ।
लामो समयको संगतका क्रममा एकपटक असमझदारी भएर आफुहरुको बोलचाल बन्द भएको स्मरण गरे। केहि समय नबोले पनि मालती मंगलेको गीत रेकर्ड गर्दा हाम्रो बोलचाल खुल्यो उनले भने ।
नारायण गोपाल र उनका समकालिन सर्जकहरुको अवसानले नेपालि सांगीतीक क्षेत्रमा ठुलो रिक्तता कायम भएको उनले बताए ।नारायणगोपालको पथमा अहिलेका संगीतकारहरु हिड्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष उषा शेरचनले कोषको गतिविधी बारे प्रकाश पारेकी थिईन् । त्यस्तै, कोषका अध्यक्ष फत्तेमान राज भण्डारी तथा महासचिव बानिरा गिरीले कोष तथा सम्राटको विविध पक्षको चर्चा गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment