Responsive Ad Slot

Latest

latest

ट्वान्टी-२० प्रतियोगितामा साउदीविरुद्ध नेपालको फराकिलो जीत

Tuesday, 6 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, मङ्सिर, २१ -एसीसी ट्वान्टी-२० कप अन्तर्गतको आजको खेलमा नेपालले साउदी अरबलाई ९५ रनको भारी अन्तरले हराएको छ। पहिले ब्याटिङ गर्दै नेपालले १ सय ८३ रनको उच्च स्कोर कायम गरेको थियो। साउदीले १ सय ८४ को चुनौती सामना गर्ने क्रममा ८८ रनमात्र जोड्न सक्यो।

नेपाललाई जित दिलाउन महबुब आलमको ८८ रनको योगफल सबैभन्दा महत्त्वपूर्ण थियो। यो ट्वान्टी-२० प्रतियोगितामा नेपाली खेलाडीले बनाएको सबैभन्दा ठूलो स्कोर हो। आलमले ४१ बलमा यो रन जोडेका थिए।
नेपालका लागि अनिल मण्डलले ३५ रनको योगदान दिए। कप्‍तान पारस खड्काले ७ बलमा १९ रन जोडे। ज्ञानेन्द्र मल्ल १६ रनमा नटआउट रहे। प्रदीप ऐरीले १० र सुवास खकुरेलले ८ रन बनाए।

नेपाली बलरहरुमध्ये सञ्जम रेग्मी र पारस खड्काले ३-३ विकेट लिए। महबुब आलम, राहुल विश्‍वकर्मा र बसन्त रेग्मीले १-१ विकेट झारे।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI