Responsive Ad Slot

Latest

latest

मृतकका आफन्तद्वारा राजमार्गमा अवरोध I

धादिङ,चैत २सरकारले राहतको लागि कुनै पनि पहल नगरेको भन्दै बबरमहल बम विस्फोटमा ज्यान गुमाएका मृतकका आफन्तले आज पृथ्वी राजमार्ग बन्द गराएका छन् । घटना भएको तीन साता वित्नै लाग्दा पनि सरकारले राहत र क्षतिपुर्ती नदिएको भन्दै मृतक बीरबहादुर तामाङका आफन्तहरुले आजबाट अनिश्चितकालका लागि पृथ्वी राजमार्ग बन्द गर्ने बताएका छन् ।
आन्दोलन नगरी सरकाले माग नसुन्ने भएकाले आन्दोलन गर्न बाध्य भएको मृतक तामाङका आफन्त चेलिमाया तामाङले बताउनुभयो । सरकाले राहत उपलब्ध नगराएसम्म बाटो सुचारु हुन नदिने उहाँको भनाई छ । धादिङको बैरेनीमा जम्मा भएका मृतकका आफन्तहरुले राहात पाउनुपर्ने र घाइतेहरुलाई प्रभावकारी उपचारको व्यबस्था गर्नुपर्ने माग गर्दै राजमार्गमा अवरोध गरेपछि सैयौं सवारी साधन र हजारौं यात्रुहरु बाटोमानै अलपत्र परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङले भने अनविज्ञता प्रकट गरेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI