सरकारले नेपाल वायुसेवा निगम भित्रको चोरी र नक्कली नियुक्ति लगायतका विषयमा छानवीन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहन्यायाधिवक्ता थोकप्रसाद सिवाकाटीको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका एस एस पी कमल सिंह बम नेपाल सरकारका उपसचिव हरि खड्का र माउण्टेन एयरका कुमारप्रसाद उपाध्याय हुनुहुन्छ । समितिलाई १५ दिन भित्र दोषी पत्ता लगाई कारवाहीको सिफारिस गर्ने जिम्मा दिइएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले जानकारी दिनुभयो ।
समितिले भारतीय नागरिकलाई नक्कली नियुक्ति दिएर विमानस्थलमा छिराएको, जहाजको फ्लाई अवे किट र ल्याण्ङ्गि गेयर हराएको, ट्वीनअटर विमानमा हथौडा प्रहार गरी प्वाल पारेको लगायतका विषयमा छानबिन गर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment