नेकपा माओवादी बैद्य पक्षधर कार्यकर्ताले कब्जा जग्गा फिर्ता गर्न नुहने भन्दै आइतबार धनगढीमा प्रदर्शन गरेका छन्। उनीहरुले क्रान्तिकारी भूमिसुधार लागू नहुन्जेल कब्जा जग्गा फिर्ता गर्न नहुने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन्।
किसान संघर्ष समितिको आयोजनामा क्याम्पस रोडबाट निस्केको र्यालीमा चर्का चर्का नारा लगाइएका थिए। सामन्ती शोषकलाई जमिन फिर्ता गर्न पाइदैन, कब्जा जमिन फिर्ता गर्ने निर्णय खारेज गर, जनयुद्ध जारी छ, सुकम्वासी र भूमीहीनलाई जमिनको व्यवस्था गर लगायतका नारा लगाइएका थिए। र्याली जिल्ला प्रशासन अगाडि पुगेर कोणसभामा बदलिएको थियो।
किसान संघर्ष समिति संयोजक फिरुलाल चौधरीको हस्ताक्षर रहेको ज्ञापन पत्रप्रमुख जिल्ला अधिकारीलाई बुझाए। ७ बुँदे माग रहेको ज्ञापनपत्रमा नयाँ संबिधानमा क्रान्तीकारी भूमिसुधार प्रस्ट हुनुपर्ने, नयाँ संविधानमा वैज्ञानिक तथा क्रान्तिकारी भूमी सुधारको व्यवस्था नहुन्जेल जोतिरहेका जमिनबाट किसानलाई हटाउन नपाइने, सुकम्वासी र भूमीहीनको गाँसवाँसको ब्यवस्था गरिनुपर्ने लगायतका माग रहेका छन।
माग पूरा नभएमा आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। कोणसभामा बोल्दै एकिकृत माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवाली अखण्ड कब्जा जग्गा फिर्ता गर्ने निर्णयको विरोधमा सडकमा उत्रेको बताए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment