Responsive Ad Slot

Latest

latest

९७ हजार डलर(८२ लाख रुपियाँ) सहित सात चिनिया समातिए

Friday, 6 January 2012

/ by Bikash Shah (Ghayal)
केपी ढुंगाना, काठमाडौं, पुस २३ - अवैधरुपमा नेपालबाट चीनतर्फ लैजाँदै गरेको ९७ हजार डलर (करिब ८२ लाख रुपियाँ)सहित सात चिनियालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग जगाती भक्तपुरले चेक चाँजको क्रममा उक्त रकम, सात चिनिया र तीन गाडीसमेत नियन्त्रणमा लिएको छ।


राजधानीबाट बा ७ च १४३८, बा ७ च ९१७८ र बा ८ च ६४२६ नम्बरको निजी गाडीमा कोदारी हुँदै तिब्बतको खासातिर जाँदै गरेका उनीहरुलाई भक्तपुरको जगातीमा नियन्त्रणमा लिइएको हो। अवैधरुपमा नेपालमा काम गरेर डलर साटी चीन लैजान लागेको प्रहरीले अनुमान गरेको छ। यसअघि पनि पर्यटक भिसामा नेपाल भित्रिई अवैध कारोबारबाट आर्जित रकम यसैगरी लैजाने गरेको भेटिएको थियो।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI