काठमाडौं, माघ १९ - संसदीय सुनुवाइ विशेष समितिले राजदूत नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिका बारेमा परेका उजुरीबारे बिहीबार सुनुवाइ भएको छ ।
सिंहदरवारमा बिहीबार स्विट्जरल्यान्डका लागि सिफारिस गरिएका शङ्करदास वैरागी, डेनमार्कका लागि सिफारिस गरिएका मुक्तिनाथ भट्ट र अस्ट्रेलियाका लागि राजदूत सिफारिस रुद्रकुमार नेपालको सुनुवाइ भएको हो । सरकारले माघ ३ गते विभिन्न १० मुलुकमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।
बाँकी ७ राजदूतको संसदीय सुनुवाइ शुक्रबार हुने छ । अब भरतराज पौडेल (पाकिस्तान), राममणि पोखरेल (बेल्जियम) र रविमोहन सापकोटा (रुसी महासङ्घ)को संसदीय सुनुवाइ हुन बाँकी छ ।
यसैगरी कमानसिंह लामा (दक्षिण कोरिया), मायाकुमारी शर्मा (कतार), पारस घिमिरे (म्यान्मार) र प्रल्हादकुमार प्रसाईं (इजरायल)को पनि संसदीय सुनुवाइ हुन बाँकी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment