काठमाडौं, माघ १९ - ग्यास र पेट्रोलको अभाव चुलिएपछि समाधानका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले छलफल सुरु गरेका छन् ।
समस्या समाधानका लागि प्रधानमन्त्रीले बिहीबार अपरान्ह सिंहदरवारमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीसहित सरोकारवालाहरुसँग छलफल गर्दैछन् । अभाव चुलिएपछि सर्वसाधारण खोसेरै भए पनि जिविका चलाउनुपर्ने अवस्थामा पुगेपछि प्रधानमन्त्रीले चासो लिएका हुन् ।
ग्यास र पेट्रोलको अभाव हुँदा पनि प्रधानमन्त्रीले चासो नदेखाएको भन्दै संसद् बैठकमा पनि चर्को आलोचना भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment