Responsive Ad Slot

Latest

latest

नेपाल आयल निगमको कार्यालय अगाडि बम विष्फोट ३ जनाको मृत्यु I

फागुन १५ काठमाण्डौ । काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि बम विष्फोट भएको छ । विष्फोटमा परी ३ जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र १ जनाको पछि मृत्यु भएको हो । मृतकमध्ये १ जना पुरुष र १ जना महिला रहेको प्रहरीले जनाएको छ । विष्फोटबाट घटनास्थलमै मृत्यु भएका र घाइते कसैको पनि पहिचान खुल्न सकेको छैन । दिउसो करिब सवा १ बजे सिंहदरबारको पर्खालबाट करिब १ सय मिटरको दुरीमा रहेको आयल निगमको गेटमा विष्फोट भएको हो । घाइते ५ जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । मृतकमध्ये १ जनाको साथमा रहेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । क्षत विक्षत अवस्थामा रहेको मृतकको शव घटनास्थलमै छ ।

बिष्फोटनको जिम्मा संयुक्त जातीय मूक्ति मोर्चा नेपालले लिएको छ । मोर्चाका प्रवक्ता विश्वक्रान्तिले सौर्य दैनिकको कार्यालयमा फोन गरेर बिष्फोटनको जिम्मेवारी लिएका हुन् । उनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा टाईम बम बिष्फोट गराएको दाबी गरेका छन् ।उनले बम एक बजेर दस मिनटमा राखेको दाबी गरेका छन् । उनले सरकारसँग जारी रहेको बार्ता समेत भङ भएको जनाएका छन् ।मोर्चाले यस अघि राजधानीका तीनचुली, प्रज्ञा भवन, पेप्सीकोलामा बम विष्फोट गराईसकेको छ । उसले धादिङ लगायत मुलुकका बिभिन्न स्थानमा बम विष्फोटन लगायतका गतिविधि गर्दै आएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI