धादिङ, बैशाख २३ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङका बिभिन्न ठाउँमा शनिवार बिहानैदेखि सडक अवरुद्ध छ । बबरमहल बम विष्फोटमा ज्यान गुमाएकाका परिवारले राहतको माग गर्दै सडक अवरोध गरेका हुन् ।
नौबिसे, बैरेनी, महादेवबेशी, गजुरी र मलेखुमा भएका प्रदर्शनका कारण काठमाडौ भित्रने र बाहिरिने गाडी बीचबाटोमै रोकिएका छन् । गएको फागुन १५ गते बबरमहलमा भएको बम विष्फोटमा धादिङ बैरेनीका दुईजना र पीडाका एकजनाको ज्यान गएको थियो ।
सरकारले पीडित परिवारलाई राहत दिने आश्वासन दिएपनि त्यो कार्यान्वयन नभएको भन्दै मृतकका परिवार आक्रोशित भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment