Responsive Ad Slot

Latest

latest

धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु I

धादिङ, चैत १२ - चितवनबाट राँगा-भैसी बोकेर आएको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। ना ३ ख ५६१२ नम्बरको ट्रक दुर्घटना हुँदा ४ भैसी घटनास्थलमै मरेका छन्।

धादिङको वेनीघाट ८ बाँदरे भन्ने स्थानमा आइपुग्दा ट्रक सडक किनारामा पल्टिँएको थियो। त्रिशुली नदीको विपरित दिशामा पल्टिएकाले थप क्षति हुन पाएन। दुर्घटनामा परेका दीलबहादुर नेपालीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी थानकोट गाविस १का बासिन्दा हुन्। इलाका प्रहरी कार्यालय गजुरी उद्दारमा खटिएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI