Responsive Ad Slot

Latest

latest

विद्युतीय प्रणाली (लिफ्ट) बाट खानेपानी योजना सञ्चालनमा I

लामो समयको प्रतीक्षापछि मैदीकोटमा विद्युतीय प्रणाली (लिफ्ट) बाट खानेपानी योजना सञ्चालनमा आएको छ ।

मैदीकोट र उखुबारीका ६० घरधुरीलाई लक्ष्य गरी गरिबी निवारण कोषको आर्थिक सहयोग र कोसोक नेपालको प्राविधिक सहयोगमा मैदीकोट खानेपानी उपभोक्ता समिति गठन गरी योजना सञ्चालन गरिएको हो ।
खानेपानी योजनामा गरिबी निवारण कोषबाट रु १४ लाख ५८ हजार ३१६, मैदी गाविसबाट रु एक लाख, मैदी गाविसकै दलित लक्षित कार्यक्रमबाट रु ५० हजार र आदिवासी जनजाति लक्षित कार्यक्रमबाट रु ४५ हजार रकम उपलब्ध गराइएको कोसोक नेपालका सामाजिक परिचालक नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मैदीकोट सामुदायिक संस्था, लालीगुराँस सामुदायिक संस्था र सगरमाथा सामुदायिक संस्था गठन गरी एकीकृत मैदीकोट खानेपानी उपभोक्ता समिति गठन गरी समुदायको वास्तविक समस्या पहिचान गरेर विद्युतीय खानेपानी योजना माग गरिएको समितिका कोषाध्यक्ष कविता तुम्सिमले बताउनुभयो । यसअघि कोसोक नेपालले पाँचवटा सौर्य प्रणालीबाट खानेपानी सञ्चालन गरिसकेको छ । विद्युतीय प्रणालीबाट मैदी गाविसमा सो योजना नै पहिलो हो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI