Responsive Ad Slot

Latest

latest

धादिङमा बस र मोटरसाइकल तोडफोड I

धादिङ, बैशाख २८ - जातीय आधारमा राज्य विभाजन गर्न नहुने र नयाँ बन्ने संविधानमा राष्ट्रिय अखण्डता एवम जातीय सद्भाव कायम गरिनुपर्ने माग राख्दै संयुत्त संघर्षमा उत्रिएका विभिन्न १० वटा जातीय सगंठनहरुको आह्वानमा भएको नेपाल वन्दको असर धादिङमा पनि परेको छ । प्रदर्शनकारीहरुले सडक अवरुद्ध पारेपछि देशका विभिन्न स्थानवाट राजधानीका लागि छुटेका ३ सय भन्दा बढि गाडी बीच सडकमै रोंकिंदा सयौं यात्रु अलपत्र परेका छन ।

प्रदर्शनकारीले एउटा बस र २ वटा मोटरसाइकल धादिङबेसीमा तोडफोड गरेका छन् । धादिङबेसी बिचवजारमा ना २ ख १२९० नम्बरको वसलाई प्रदर्शनकारीले तोडफोड गरेका थिए । त्यसै गरि दुईवटा मोटरसाइकल पनि तोडफोड गरिएको थियो ।
बन्दकर्ताहरुले बिहानै देखि धादिङ सदरमुकाम धादिङबेसीका साथै राजधानीलाई देशका ६७ जिल्ला संग जोड्ने पृथ्वीराजमार्गको ठाउं ठाउंमा प्रदर्शन जारी राखेका छन । शंख र घण्ट वजाउंदै सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले जवरजस्ची चल्न खोज्ने मोटरसाइकल र अन्य सवारी साधनको चावी खोसेर नियन्त्रणमा लिएका छन ।

बन्दको कारण पृथ्वीराजमार्गमा सवारी साधन ठप्प हुन पुगेको छ । वजार, शिक्षण संस्थाहरु पनि खुलेका छैनन । सदरमुकाम र राजमार्गक्षेत्र नौविसे।महादेववेसी,गजुरी,मलेखु लगायतका स्थानमा बन्दकर्ताहरुले बिहानै देखि प्रदर्शन जारी राखेका छन भने ती स्थानमा कुनै अप्रिय घटना हुन नदिन प्रहरीको उपस्थिती पनि बढाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । क्षेत्री, ब्राहम्ण, ठकुरी, दशनामी, दलित, खस, मुस्लिम, पिछडा वर्ग लगायतका जातीय संगठनहरुले बन्द गरेका हुन ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI