Responsive Ad Slot

Latest

latest

पृथ्वी राजमार्गको अवरोध हट्यो I

धादिङ, बैशाख २३ – बबरमहलमा भएको बम विस्फोटनमा ज्यान गुमाउनेको परिवारले गरेको अनिश्चितकालीन राजमार्ग बन्द स्थगित गरेका छन् । पीडित परिवारले जेठ १ गतेसम्म आन्दोलन स्थगित गरेपछि राजमार्गमा सवारी साधन चल्न थालेको छ ।
पृथ्वी राजमार्गको गल्छीमा शनिवार भएको सवारी दुर्घटनामा प्रहरी असईको ज्यान गएपछि स्थानीयवासीले आन्दोलनलाई जेठ १ गते सम्मका लागि स्थगित गरेका हुन् । बैशाख महिना भित्रमा सरकारले बबरमहलका बम पीडितहरुलाई उचित राहत र क्षतिपुर्ति नदिए जेठ १ गतेवाट सशक्त आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ । गएको फागुन १५ गते बबरमहलमा नेपाल आयल निगमको गेट अगाडि भएको बम विस्फोटमा बैरेनी वडा नं १ का कृष्णवहादुर तामाङ, वडा नं ८ का मानवहादुर तामाङ र पीडा गाविस ८ का विरबहादुर तामाङको ज्यान गएको थियो । विष्फोटमा परी अन्य ६ जना घाइते भएका थिए ।

सरकारले ज्यान गुमाउनेको परिवारलाई १० लाख रुपैयाँ र घाइतेको उपचार खर्च बेहोर्ने भनेपनि अहिलेसम्म वेवास्ता गरेकाले उनीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले पीडित परिवारलाई प्रतिवद्धता गरे अनुसार सहयोग नगरे पृथ्वीराजमार्ग अनिश्चितकालसम्म ठप्प पार्ने संघर्ष समितिले चेतावनी दिएका छन् ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI