जनआन्दोलनका घाइतेलाई नागरिक सम्मान I
धादिङ । जेठ १७ गते
जनआन्दोलनको क्रममा कलंकीमा घाइते भएका धादिङको भुमेस्थान गाविस-१ निवासी शिव विडारीलाई ०६९ जेठ १६ गते धादिङको आग्राखोलामा सम्मान गरिएको छ ।
काठमाडौँको कलंकीमा ०६३ वैशाख ७ गतेससस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बिँडारी उपचारमा हुँदाहुँदै आन्दोलनमा होमिएर चर्चामा आएका थिए । जनआन्दोलनमा योगदान पुर्याएर पनि सरकारले सहयोग गर्न नसकेको अवस्थामा बिँडारीलाई जिल्लाका नागरिक समाजले नागरिक सम्मान गरेको हो ।
दोसल्ला ओडाएर नागरिक सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले राज्यको तर्फाट सहयोग उपलब्ध गराउन आफूले सहयोग गर्ने बताए । हाल बिँडारी कष्टपूर्ण तरिकाले काठमाडौँमा काम गर्दै आएका छन् । महिनाको ४ हजार रुपैयाँ आम्दानी हुने भए पनि घरमा रहेका वृद्ध आमाबुबा र आफूलाई जीवन गुजारा गर्न धौ-धौ परेको बताएका छन् ।
सीताराम अधिकारी via - inseconline

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment