Responsive Ad Slot

Latest

latest

४० विद्यालयमा नयाँ पुस्तकालय I


धादिङ, जेठ १४ । धादिङ जिल्लाका ४० विद्यालयमा पुस्तकालय स्थापना गरिने भएको छ । धादिङका विद्यालय प्रधानाध्यापकको लागि आयोजित एकदिने कार्यशालामा प्रयास नेपाल धादिङ र ती विद्यालयबीच विद्यालय पुस्तकालय कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालयमा पुस्तकालयको व्यवस्थापन, महत्व र प्रयोगका बारेमा चर्चा गर्दै पुस्तकालय स्थापनाले बालबालिकाको शैक्षिक र बौद्धिक विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यशालामा पुस्तकालयको व्यवस्थापन, प्रयोग तथा दिगोपनाका विषयमा रुम टु रिडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारी, प्रयास नेपालका कार्यक्रम संयोजक रामप्रसाद रिजाल र कार्यकारी निर्देशक दामोदर अर्याललगायतले जानकारी गराएका थिए ।

प्रयास नेपाल धादिङ र रुम टु रिड नेपालको साझेदारीमा सञ्चालित पुस्तकालय कार्यक्रमअन्र्तगत विद्यालयमा एकहजार ६०० भन्दा बढी पुस्तकसहित शैक्षिक सामग्री र आवश्यक फर्निचर उपलब्ध गराइने प्रयास धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । नयाँ पुस्तकालय सहित संस्थाको सहयोगमा जिल्लामा १७८ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना हुने संस्थाका कार्यक्रम संयोजक रामप्रसाद रिजालले जानकारी दिए ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI