
खबरसाइट
प्रवासमा रही नेपाली साहित्यको प्रवर्धनका लागि लागि परिरहेको बिशुद्ध साहित्यिक सस्था अन्तर्राष्ट्रिय नेपालि साहित्य समाज इजरायल च्याप्टरले यही जुन २ तारिख शनिबार, इजरायलको तेल अभिभमा एक वृहद साहित्यिक बनभोज तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ । इजरायलका लागि नव नियुक्त राजदुत प्रल्हाद कुमार प्रसाई प्रमुख अथिति रहनु भएको सो कार्यक्रममा नेपाली दुताबास इजरायलका उपनियोग प्रमुख रमेश प्रसाद खनाल, संयुक्त राष्ट्रसंघका वरिष्ठ चिकिस्तक तथा अनेसास इजरायलका सल्लाहकार डा.धु्ब कोईराला, अनेसास केन्द्रिय सचिव हरि मानन्धरका साथै अनेसास इजरायल च्याप्टरका अर्का सल्लाहकार तथा स्थानीय समाजसेवी कृष्ण ज्ञवालीको आतिथ्य रहेको थियो ।
नेपाली राष्ट्रिय गान सँगै प्रारम्भ भएको सो कार्यक्रममा अनेसासका तर्फबाट महामहिम राजदुतलाई स्वागत गरिएको थियो । उपस्थित अतिति तथा सहभागीहरुलाई अनेसास इजरायलका भगवती वस्नेतले स्वागत मन्तव्य राख्नुका साथै अनेसासका उपाध्यक्ष कुमार पौडेलले अनेसास इजरायलकाबारे प्रकाश पार्नु भएको थियो । इजरायलमा रहेर साहित्य श्रृजना गर्दै आउनु भएकी श्रष्टा कल्पना भावुकको पहिलो मुक्तक सङ्ग्रह स्मृतीका पानाहरु प्रमुख अतिथि महामहिम राजदुत प्रसाई र उपनियोग प्रमुख खनालको बाहुलीबाट एकसाथ बिमोचन गरिएको थियो । इजरायलबाट प्रकाशित पुस्तकहरुमा यो संग्रह दशौँ रहेको छ । पुस्तकका बारेमा अनेसासकी कार्यकारी सदस्य साहित्यकार सुमित्रा पौडेल र कोषाध्यक्ष सुमन कार्कीले प्रकाश पार्नु भएको थियो भने आफ्नै पुस्तक विमोचनमा आफै उपस्थित हुन् नसक्नु भएकी श्रष्टा कल्पना भावुकले टेलिफोन मार्फत सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुदै महामहिम राजदुत प्रसाईले आफु पनि कुना समयमा यो संस्थासंग आवद्ध रहेको जानकारी दिदै नेपाली साहित्यको उत्थानमा आफु पनि सधै लागि परेको हुदाँ इजरायलमा पनि साहित्यको विकास लागि आफुले सक्दो सहयोग उपलब्ध गराउने जानकारी दिनु भयो । यसै क्रममा अर्का अतिथि उपनियोग प्रमुख रमेश प्रसाद खनालले नेपाली कला, संस्कृति र साहित्यको उन्नतिका लागि आफु सधै सहयोगी भएको भन्दै इजरायलमा यसका निम्ति लागि परेको सस्था अनेसास इजरायललाई धन्यवाद दिनु भयो । यसै गरी अर्का अतिथि संयुक्त राष्ट्रसंघका डा. ध्रुव कोइरालाले पनि साहित्य र संचारमा इजरायलको डायोस्पोराले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै नेपाली समुदायको हितका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अनेसास इजरायल च्याप्टरका अध्यक्ष तथा कथाकार कृष्णपक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रम अनेसास इजरायल च्याप्टरकी सचिव तथा साहित्यकार दीप्स शाहले संचालन गर्नु भएको थियो । कार्यक्रम औपचारिक र अनौपचारिक गरी २ चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणको कार्यक्रम समापन गर्दै अनेसासका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले नेपाली भाषा र साहित्यको जगमा प्रवासबाट इँटा थप्नुहुने सम्पूर्ण साहित्यिक श्रष्टाहरु प्रति हार्दिक सम्मान गर्दै इजरायलमा नेपालीहरुको उपस्थिति थोरै भए पनि साहित्य, कला र संस्कृतिप्रतिको चेतना भने उच्च रहेको बताउनु भयो ।
खानपिनको क्रम सकिएपछि पुन साहित्यिक रचना वाचन र गीत संगीतको साथमा निकै उत्साहित र मनोरञ्जनात्मक वातावरणमा दोश्रो चरणको कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आ आफ्नो साहित्यिक रचना वाचन गर्नुका साथै गीत संगीत प्रस्तुत गरेका थिए ।
यसरी प्रस्तुति दिनेहरुमा गायक ओम प्रसाई, गोविन्द शिवाकोटी, भरत थापा 'असफल', लक्ष्मी पोखरेलका साथसाथै साहित्यिक रचना वाचन गर्नेहरुमा शारदा खरेल, समाश्री, विमला देवकोटा, सजना गुरुङ, भगवती कडेल, मिरा थापा, सुमित्रा पौडेल , निर्मला खड्का, सुर्य बस्यालका साथै कार्यक्रमका अतिथि नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख श्री रमेश प्रसाद खनालले पनि आफ्नो रचना वाचन गर्नु भएको थियो । सबै सहभागीहरु खुलेर नाच गानमा सरिक हुनुभएको सो कार्यक्रम अत्यन्त हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
No comments
Post a Comment