Responsive Ad Slot

Latest

latest

स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि दैलेखमा एक सुत्केरी महिलाको मृत्यु

 साउन १ दैलेख  । गाउँको स्वस्थ्यचौकीमा औषधी अभाव भएपछि दैलेखको पश्चिममा पर्ने सात्तला गाविस १ का २० वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । विकलाई सुत्केरी वेथा लगेपछि स्थानिय सात्तला स्वास्यचौकीमा लगे पनि  औषधी अभावका कारण राम्रो उपचार नभएपछी  बच्चा र आमाको अकालमै ज्यान गएको परिवारले जनाएको छ । 

तर जिल्ला स्वास्थ्य  कार्यालय दैलेखका प्रमुख डा. खगेन्द्र जहंशाहले भने आमाको पेटबाट बच्चाको टाउको र हात एकै पटक  आएकाले बढी रगत बगेको र विरामीलाई क्षेत्रीय अस्पताल सुर्खेत रिफर गरेपनि बचाउन नसकेको बताउनुभयो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI