Responsive Ad Slot

Latest

latest

अमेरिकी महिलाद्वारा पतिको लिंग चट्



 साउन १ अमेरिका। अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले आफ्नै पतिको लिंग काटिदिएकी छिन् ।नशालु चिज हालेको खानेकुरा दिएर लट्ठ बनाएपछि ती महिलाले चक्कुले पतिको लिंग काटिदिएकी हुन् । काटिएको लिंगलाई फोहोर फाल्ने बाल्टीमा फ्याँकेपछि ४८ वर्षीया क्याथरिन किया बेकरले प्रहरीलाई फोनमाफ्त जानकारी गराइन् ।

पतिलाई खाटमा बाँधेर लिंग काट्ने बेकरलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरिसकेको छ । उनले नराम्रो बानी भएका आफ्ना पतिलाई सजाय दिनैका लागि लिंग काट्नुपरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । घटनास्थलमा प्रहरी पुग्दा उनको पतिको काटिएको लिंगबाट रगत बगिरहेको थियो ।
खानेकुरामा केही खराबी भएको आशंका गर्दै आराम गर्न बसेपछि बेहोस् भएका ५१ वर्षीय पतिले प्रहरीलाई बयान दिएका छन् । उनको होस् खुल्दा पत्नीले अन्डरवेयर फुकालेर चक्कुले लिंग काटिदिएको प्रहरीले बताएको छ । प्रहरीले पीडित पतिको नाम भने सार्वजनिक गरेको छैन् ।

लिंग काटिएका बेकरका पतिलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । अस्पतालमा उनको आपतकालीन शल्यक्रिया गरिएको छ । लिंग काटिएका बेकरका पतिको शल्यक्रिया भए पनि उनको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ ।
केही समययता यी दुवै पति-पत्नीबीचको सम्बन्ध नराम्रो भएको प्रहरीको दाबी छ । उनीहरू सँगै बसे पनि पारपाचुकेको तयारी भइरहेको पनि प्रहरीले स्थानीय सञ्चारमाध्यमसामू सार्वजनिक गरेको छ ।
 

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI