Responsive Ad Slot

Latest

latest

प्रकोप नियन्त्रणका लागि योजना, राज्यले प्रकोप नियन्त्रणमा सहयोग पुर्याउनु पर्नेमा जोड

चन्द्रश्वर बस्ताकोटी
 साउन १ मुस्ताङ। सबैतिर प्रकोपका घटनाले मानबिय एव भौतिक क्षति भैरहेका बेला हिमाली जिल्ला मुस्ताङमा जिल्ला दैबि प्रकोप उद्धार समितिले बिभिन्न कार्ययोजनाका लागि निर्णयहरु गरेको छ ।

जिल्लामा हुनसक्ने प्रकोपको पुर्व तयारीका लागि योजना निमार्ण गर्न नेपाल रेडक्रस सोसाइटी, मुस्ताङका अध्यक्ष चन्द्र बहादुर थकालीको संयोजकत्वमा ५ सदस्यिय बिपत पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा निमार्ण समिति गठन गरिएको छ । सदस्यमा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख सन्तोष शेरचन, योजना अधिकृत निशान राज गौतम, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख हृदय प्रसाद श्रेष्ठ, दुर्गादल गुल्मका प्रतिनिधि र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि रहेका छन ।

समितिले आगामी श्रावण १५ गते भित्र जिल्लामा घटन सक्ने संभाबित दुर्घटना, आबश्यक सहयोग सामाग्री, जनशक्ति लगायतको बिबरण सहितको प्रतिबेदन बनाई जिल्ला दैबि प्रकोप उद्धार समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताईएको छ । प्रकोप नियन्त्रणका लागि सो प्रतिबेदन कोशेठुगां साबीत हुने बिश्वास लिइएको छ । बिकास सरह प्रकोप नियन्त्रणका काम हुन आबश्यक रहेको सहभागीहरुको भनाई रहेको थियो ।

सो अबसरमा नबलपरासी, केउराल गाबिस घरभै छुसाङगाबिस, १ बस्ने बर्ष ४९ का सोमबहादुर रजाली मगरलाई २०६७ चैत्र १० गते काली गण्डकी बढेर बाढीले बगाइ मृत्यु भएको, कोवाङ गाबिस ४ का  सुमन बिकलाई २०६७ भाद्र १० गते मार्चे लेक बाट फर्कदै गर्दा कालीगण्डकीले बगाई ११ गते लास फेला परेकोे, म्याग्दी जिल्ला दाना गाबिस घरभै कोबाङ गाबिस ४ बस्ने जितबहादुर बिकलाई २०६७ श्राबण १० गते कालीगण्डकीले बगाई कोखेठाटी बगरमा लास फेला परेकोले जनही २५ हजार राहत दिइएकोलाई अनुमोदन गरिएको छ ।

यसै गरि हुरी बतासले कुञ्जो  ५का जगंबहादुर बिकको घरको छाना २०६७ पुस १७ गते उडाएकोमा  ५ हजार रुपैया, टुकुचे ८ का मनप्रसाद थकालीको घरमा २०६८ बैसाख ८ गते आगलागी भएपछि १० हजार रुपैया राहत स्वरुप दिइएकोलाई अनुमोदन गरिएको छ । उक्त राहत जिल्ला बिकास समिती मार्फत बितरण गरिएको थियो ।

राज्यले प्रकोप नियन्त्रणमा सहयोग पु¥याउनु पर्ने उक्त अबसरमा सहभागीहरुले आवाज उठाएका थिए । प्रत्येक गाबिसहरुले प्रकोप ब्यबस्थापनका लागि २० हजारका दरले रकम छुटयाउने प्रतिबद्धता उक्त अबसरमा ब्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थीक बर्ष २०६६ ÷६७ मा प्रकोपका कारण करिब ६२ लाखको क्षती भएको जानकारी दिइयो ।  आर्थीक बर्ष २०६६ ÷६७ मा जिल्ला दैबि प्रकोप उद्धार समितिलाई भने १ लाख ५० हजार मात्र रकम निकासा भएको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI