असार ३२ काठमाडौं । व्यवस्थापिका सँसदमा प्रस्तुत गर्नु अगावै बजेट सार्वजनिक भएको सम्बन्धमा छानविन गर्नका लागि सँसदीय बिशेष छानविन समिति गठन भएको छ ।
समितिको संयोजक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे हुनुहुन्छ भने सदस्यहरुमा कल्पना राणा, पोष्टबहादुर बोगटी, भीम आचार्य, रमेश लेखक र ह्रदयश त्रिपाठी रहेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले ससदमा बजेट प्रस्तुत गरिरहेका बेला अर्थमन्त्रालयको वेव साइटमा बजेटको पूर्ण पाठ सार्वजनिक गरिएको थियो । विपक्षी दलका साँसदहरुले बजेट सार्वजनिक भएपछि राज्यको गोपनियताको भग भएको तथा ससदको अपमान भएको भन्दै हगामा गरेका थिए ।
बजेट पढ्दा पढ्दै काँग्रेस सँसदीय दलका नेता रामचन्द्र पौडेल, साँसदहरु प्रकाशचन्द्र लोहनी, रमेश लेखक लगायतले अर्थमन्त्री राजीनामा माग्दै ससदीय छानविनको माग गरेका थिए । सभामुखले छानविन हुने बताएपछि पुन बजेट सुचारु भएको थियो।
No comments
Post a Comment