Responsive Ad Slot

Latest

latest

यस पटकको बजेटमा धादिङ

Friday, 15 July 2011

/ by शिबराज इटनी
सर्बाधिक महत्वका साथ हेरिएको ६ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डि.पि.आर.) तयारीको लागि आगामी आर्थिक वर्षा कार्य शुरु गर्न बजेट विनियोजन गरिएको छ । आगामी तीनवर्षभत्र उक्त आयोजनालाई कार्यान्वयनको चरणमा पुर्‍याइने र आयोजना कार्यान्वयनको लागि छुट्टै विकास समिति गठन गर्ने ब्यवस्था मिलाइएको छ । प्रभावित घरपरिवारको पुनर्वासको लागि विशेष सुविधा सम्पन्न "बुढीगण्डकी भिलेज" निर्माण गर्ने प्रबन्ध गरिएको छ । यसैगरी मध्य पहाडी भेगका खाद्य भण्डारको रुपमा प्रशिद्ध टार तथा फाँटहरुमा सिंचाइ सुविधा उपलब्ध गराउन आगामी वर्ष धादिङको सल्यानटार, तनहुँको रम्घाटार, लमजुङको राइनासटार, कास्कीको विजयपुर, बेगनास र फेवा, पर्वतको फलेवास पाल्पाको रामपुर फाँट र स्याङ्जाको चापाकोटटारहरुमा सिंचाइ पुनर्स्थापना कार्य प्रारम्भ गर्ने बजेटमा उल्लेख छ ।

यस्तै नागढुङ्गा-नौबीसे र भिमफेदी-हेटौडा सुरुङ मार्ग निर्माण गर्ने कार्य यथाशीघ्र आरम्भ गरिने भएको छ । सीतापाइला-धार्के सडक खण्डको निर्माण कार्य अघि बढाइनेछ । स्याप|mुबेसी(रसुवागढी सडक निर्माण कार्य आगामी आर्थिक वर्षभत्र सम्पन्न गर्न वजेट विनियोजन गरिएको छ ।

काठमाडौंको यातायातको चाप घटाउने गरी लोकमार्गलाई छोटो दुरीको बनाउन सिन्धुपाल्चोक-नुवाकोट-धादिङ्ग-गोरखा-लम्जुङ-कास्की हुँदै जाने बैकल्पिक मार्गको सम्भाब्यता अध्ययन गरिने भएको छ ।
ब्यवसायिक सीपको विकासका लागि धादिङ्ग सहितका विभिन्न जिल्लाहरुमा पोलिटेक्नीक इन्स्िटच्यूटको स्थापना गरिने भएको छ ।

यसैगरी धादिङ्ग, गोरखा लगायतका  जिल्लाको केही दर्ुगम गा.वि.स.हरुमा महिलाको नाममा घर जग्गाको रजिष्ट्रेशन पारित गर्दा लिखतमा लाग्ने दस्तुरमा ४० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । र् र्सवसुलभ र प्रभावकारी स्वास्थ्य सेवा स्थानीयस्तरमा उपलब्ध गराउन जनसहभागितामा सञ्चालित "गाउँघर क्लिनिक कार्यक्रम" लाई थप प्रभावकारी बनाइनेछ । सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको उमेरको हद हटाइ विधवा भएकै दिनदेखि भत्ता पाउने ब्यवस्था मिलाइएको छ । एकल महिलाहरुले सहकारीताको माध्यमबाट ब्यवसाय संचालन गरेमा त्यस्ता सहकारीलाई सहुलियतपर्ूण्ा ब्याजमा बिना धितो ऋण उपलब्ध गराइने भएको छ ।

रामचन्द्र भण्डारी
रेडियो बिहानी, धादिङ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI