प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ । सभापति कोइरालालाई भेट्न प्रधानमन्त्री भट्टराई कोइराला निवास महाराजगञ्ज पुग्नुभएको थियो । झण्डै आधा घण्टासम्म भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र सातबुँदे सहमतिको कार्यान्वयनमा भइरहेका प्रगतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले सभापति कोइरालासँग समायोजन हुने लडाकुको संख्या बढाउने विषयमा लचकता अपनाउन प्रस्ताव गर्नुभएको छ । दलहरुबीच भएको सहमति भन्दा बढी संख्याका लडाकुले समायोजनको विकल्प रोजेपछि प्रधानमन्त्रीले हिजोमात्र शिविर भ्रमणको क्रममा दलीय सहमितमा संख्या बढाउन सकिने आश्वासन दिनुभएको थियो । सातबुँदे सहमतिमा ६ हजार ५ सय लडाकुको मात्र समायोजन गरिने उल्लेख भएपनि वर्गीकरणका क्रममा झण्डै १० हजारले समायोजन रोजेका छन् ।
यस्तै भेटमा प्रधानन्त्रीले आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन पनि सभापति कोइरालासँग प्रस्ताव गर्नुभएको बुझिएको छ । दलहरुबीच संविवधानसभाको कार्यकाल थपका सम्बन्धमा भएको पछिल्लो ६ बुँदे सहमतिमा अबिलम्ब राष्ट्रिय सरकार गठन गर्ने उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment