
काठमाडौं, मंसिर २५ - सेना समायोजन विशेष समितिले समायोजन, स्वैच्छिक अवकास र पुर्नस्थापनामा जाने लडाकुहरुको लागि प्याकेजको टुंगो लगाउन मातहतको सचिवालयलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले समायोजन, स्वैच्छिक अवकास र पुर्नस्थापनामा जाने लडाकुहरुका लागि प्याकेज तयार गरी पेश गर्न निर्देशन दिएको समिति सदस्य भीम रावलले जानकारी दिए ।
पुस १ गते बस्ने बैठकले प्रस्तावित प्याकेजबारे छलफल गरी अन्तिम टुंगो लगाउने रावलले बताए । समितिको बैठकले लडाकु वर्गीकरण सफलतापूर्वक सञ्चालन गरेको भन्दै माओवादी लडाकु र सचिवालयका कर्मचारीलाई धन्यवाद दिएको छ ।
No comments
Post a Comment