Responsive Ad Slot

Latest

latest

सभ्यता र सदभाव नखल्बलिने गरी राज्य पुनर्संरचना हुनुपर्छ

Friday, 9 December 2011

/ by Bikash Shah (Ghayal)
पोखरा, मंसिर २३ - राष्ट्रपति रामवरण यादवले नेपाली सभ्यता र सदभाव नखल्बलिने गरी राज्यपुनर्संरचना गर्नुपर्ने बताएका छन । सबै पक्ष जातियता, क्षेत्रियता र बर्गियता भन्दामाथि उठेर अघि बढ्नु पर्ने भन्दै राष्ट्रपति यादवले राज्यको संरचना राष्ट्रिय एकता कायम राख्ने हिसावले गनुपर्नेमा जोड दिए । 'भुगोल भाषा, संस्कृति, स्रोत तथा आर्थिक सम्भावनालाई ध्यानमा राखी संघियतामा जानुपर्छ', काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पस उद्‌घाटन गर्दै शुक्रबार यादवले भने, 'नेपालीले धेरै बलिदान गरे, संस्था र ब्यवस्था परिवर्तन भयो, तर नेपाल र नेपालीको अवस्थामा परिवर्तन नभएकोतर्फ सबै पक्षले ध्यान दिनुपर्छ ।'

नेपाल दुई ठूला देशीचमा पुरानो सभ्यता, हिमाल, पहाड र तराई तथा सभ्य र सम्य हिसावले मिलेर बनेको समाज रहेको यादवले बताए । भगवान गौतम बुद्ध, संसारभर गोरखाको चिनारी, जनक, जानकी, पशुपतिनाथले सारा संसारले चिनेको मुलुक रहेको भन्दै उनले जलभण्डार, हराभरा, सुन्दर हिमाल, पर्यटन र कृषिको संभावना भएको मुलुक पनि भएकाले राजनैतिक स्थिरता अहिलेको मुख्य आवस्यकता रहेकोमा जोड दिए । ६० बर्षको ईतिहासमा पटकपटक राजनैतिक परिवर्तन भए पनि राजनैतिक स्थिरता हुन नसक्दा मुलुकले बिकास गर्न नसकेको उनको भनाई थियो

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI