काठमाडौं, मङ्सिर २३ पूर्व प्रधान मन्त्री माधवकुमार नेपालले नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयबाट आफूलाई दिइएको सरकारी सुविधाको गाडी चढ्न छाडेका छन्। उनले आजै सुविधाको गाडी, पछुवा गाडी र सुरक्षाकर्मीसमेत प्रयोग गरेनन्।
शुक्रबार बिहान नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेलाई टेलिफोन गरी उनले आफूलाई उपलब्ध गराइएको सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका हुन। 'मैले नेपाल सरकरको निर्णयबमोजिम दिइएको सुविधा प्रयोग गरेको हुँ, उनले मुख्य सचिव घिमिरेलाई भनेका थिए– मलाई दिइएको सुविधाको गाडी र सुरक्षाकर्मी अहिले नै फिर्ता गरिदिनूस्।'
आज काठमाडौंको गोठाटारमा मदन–आश्रित स्मृति भवनको उद्घाटन गर्न जाँदा पूर्व प्रधान मन्त्री नेपालले सुविधाको गाडी, पछुवा गाडी र सुरक्षाकर्मी प्रयोग गरेनन्। अरु कतिपय पूर्व प्रधान मन्त्री जस्तो पूर्व प्रधान मन्त्री नेपालले घर भाडा वा अरु कुनै पनि सरकारी सुविधा प्रयोग नगरेको उनका प्रेस सहयोगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment