काठमाडौं, मङ्सिर २३ गोविन्द ढुंगानाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले राजु घिमिरेलाई पक्राउ गरेको छ। सोमबार बेलुका ढुंगानाको हत्यालगत्तै उनी फरार थिए।
प्रारम्भिक अनुसन्धानमा हत्यामा घिमिरेको संलग्नता देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनको खोजी सुरु गरेको थियो। उनी मंगलबार भागेर रामेछाप पुगेको जानकारीका आधारमा उनलाई बुधबार बेलुका पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
घाँटी रेटिएको अवस्थामा मंगलबार विहान ढुंगानाको शव पेप्सीकोलामा फेला परेको थियो। अनुसन्धान अधिकारीका अनुसार घिमिरे, ढुंगानासहित चार जना सोमबार बेलुका सँगै बसेर रक्सी खाएको र विवाद हुँदै जाँदा घिमिरेले उनको हत्या गरेको खुलेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment